रवि लामिछानेकी पत्नी निकिताले दिइन् चितवन प्रहरी प्रमुखसहित तीन जनाविरूद्ध जाहेरी

४ भाद्र २०७६, बुधबार

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेविरुद्ध विद्युतीय प्रमाण किर्ते गरिएको आरोप लगाउँदै उनकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन्।

   

उनले कीर्ते गरेकोमा हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दिएको प्रहरीले जनाएको छ ।
उनले सबैरै फेसबुकमा एक स्टाटस पोस्ट गर्दै यसरी किर्ते गर्नेहरुविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी हाल्ने बताएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया