बहुउद्देश्यीय काम गर्न इन्द्रेणीमा समिति गठन

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल, ४ भदौ । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम गर्नका लागि योजना तर्जुमा कार्यक्रमलाई अगाडि सारेको छ । बचत तथा ऋणको क्षेत्रमा काम गर्दै आएको इन्द्रेणीले बहुउद्देश्य कार्य गर्ने तथा त्यसका लागि पुर्वाधार निर्माणका लागि योजना निर्माणको खाका अगाडि सारेको हो । इन्द्रेणीले समुदायमा आधारित तथा शेयर सदस्य केन्द्रीत बचत तथा ऋण लगानीका कामसँगसँगै पुष्प ब्यवसाय, माछापालन, पार्किङ्ग स्टेशन, आर्गनिक कृषि ब्यवसाय लगायतका प्रारम्भिक योजनालाई अगाडि सारेको संस्थाका अध्यक्ष मित्रबहादुर शाक्यले जानकारी दिए । संस्थालाई नीतिगत संचालन गर्न तथा बहुउद्देश्यीय कार्यक्रम गरेर सदस्यको आर्थिक अवस्था सुदृण गर्न विभिन्न खाले योजनाहरुलाई बुधबार चरङ्गेमा बसेको संयुक्त बैठकले अगाडि सारेको उनले बताए ।

बहुउद्देश्यीय योजना सम्पन्न पार्न संस्थाका उपाध्यक्ष धुर्वकुमार धितालको संयोजकत्वमा बहुउद्देश्य योजना तर्जुमा तथा खाका तयारी सम्वन्धि उपसमिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा कृष्णप्रसाद अर्याल, मोहनप्रसाद भण्डारी, गोपालप्रसाद पाण्डे र चन्द्रकुमार जोशि चुनिएका छन् । समितिले केहीदिनभित्रै बहुउद्देश्यीय कार्ययोजना सहितको योजना संस्थामा पेश गर्ने बताइएको छ ।

संस्थाका सचिव नेत्रलाल अर्यालको संचालनमा भएको कार्यक्रममा संरक्षक बाबुराम राना, सल्लाहकार डिलबहादुर थापा, गणेशप्रसाद अधिकारी, निर्वतमान अध्यक्ष शिवलाल राना, आर्थिक समिति संयोजक शुरेन्द्रमुनि शाक्य, मुल्यांक समिति संयोजक उदयराज भण्डारी, कोषाध्यक्ष दलबहादुर थापा लगायतले बहुउद्देश्य कार्यक्रम संचालनका लागि नीतिगत र योजनागत कार्यक्रम गर्न अति आवश्यक रहेको बताए । इन्द्रेणीको असार मसान्तरसम्म शेयर पुजी ५ करोड ८७ लाख र निक्षेप ३० करोड ५० लाख रहेको संस्थाका ब्यवस्थापक बाबुराम अर्यालले बताए ।

 
 
  
 

You may also like