सरकारले तोकेकै मुल्यमा ग्यास बिक्री गर्न आग्रह

बुटवल । तोकिएको मुल्य भन्दा बढि मुल्यमा खाना पकाउने ग्यास बिक्री नगर्न ग्यास बिक्रेता संघ बुटवलले आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिम बढे पनि बजारमा ग्यासको सहज आपुर्ति भइरहेकोले आवश्यकता भन्दा बढि ग्यासको संचित नगर्न उपभोक्ता संग संघले आग्रह गरेको महासचिब यमलाल भुसालले जानकारी दिनुभयो ।

सरकारले तोकेको मुल्यभन्दा बढि मुल्यमा ग्यास बिक्री गरेको पाइए प्रचलित कानुन बमोजीम कारवाही गर्ने संघले चेताबनी दिएको छ ।

आवश्यक परेको ग्यास नजिकको डिलर वा अधिकृत ग्यास बिक्री केन्द्रबाट मात्रै खरिद गर्न संघले उपभोक्ता संग पनि आग्रह गरेको ग्यास बिक्रेता संघ बुटवलका उपाध्यक्ष लक्ष्मण न्यौपानेले बताउनु भयो ।

कोरोना भाइरसको जोखिम रहेको भन्दै आतंकित नहुन र व्यक्तीगत सरसफाई र सुरक्षामा ध्यान दिन उपभोक्ता तथा सर्बसाधारण संग आग्रह समेत गरेको अध्यक्ष सुर्य खनालले बताउनु भयो ।

 
 
  
 

You may also like