एसइईको हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष निर्माण हुने भएको छ ।

६ चैतदेखि सुरु हुने एसइई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइने भएको छ ।

शिक्षा र स्वास्थ्यमन्त्रीको केही दिनअघि बसेको बैठकले हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय पनि गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयबाट खटिने स्वास्थ्यकर्मीले परीक्षार्थीलाई जाँच गर्दा रुघा, ज्वरो देखिएमा आइसोलेसन कक्षमा राखेर परीक्षा दिने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताउनुभयो ।

यस वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम भएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित छ

 
 
  
 

You may also like