बिल गेट्सद्वारा माइक्रोसफ्टको बोर्डबाट राजीनामा

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले कम्पनीको बोर्डबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल लिंकडिनमा पल्स पोष्ट गर्दै उनले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अब आफ्नो ध्यान परोपकारी कार्यमा लगाउनका लागि बोर्डबाट राजीनामा दिएको उनको भनाइ छ ।

विश्वकै धनाढ्यको सूचीमा पर्ने उनले अर्का धनाढ्य वारेन बफेटको ब्रेकसायर हाथावे कम्पनीको बोर्डबाट पनि राजीनामा दिएकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले अब विश्व स्वास्थ्य, शिक्षा, मौसम परिवर्तन लगायतसँग सम्बन्धित परोपकारी काममा आफ्नो ध्यान केन्द्रित गर्ने जनाएका छन् ।
उनी र उनकी श्रीमती मेलिण्डा गेट्सले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको स्थापना गरी विश्वभर परोकपरकारी काममा अर्बौं डलर खर्च गर्दै आएका छन् ।

यसअघि सन् २००८ मा गेट्सले माइक्रोसफ्टको कार्यकारीको पदबाट पछि हट्ने घोषणा गरेका थिए । त्यस्तै, उनले सन् २०१४ मा माइक्रोसफ्टको अध्यक्षको पदबाट राजीनामा दिएका थिए ।

गेट्सले सन् १९७४ मा पल एलनसँग मिलेर अल्बुकर्की, न्यू मेक्सिकोमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए ।न्यूयोर्क–

 
 
  
 

You may also like