हाजिरिजवाफको उपाधी प्यारामाउण्टलाई

तिलोत्तमा । होराईजन जिविएस जिल्ला स्तरिय गणित, विज्ञान तथा सुचना प्रविधी हाजिरिजवाफ प्रतियोगिताको उपाधी प्यारामाउण्ट इङ्गिलस बोर्डिङ स्कुलले जितेको छ । उपााधीसंगै प्यारामाउण्टले नगद १५ हजार नगद सहित कप तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा डन चिल्ड्रेन बोर्डिङ्ग स्कुल द्धितिय भएको छ भने कालिका मानवज्ञान माबिले तृतिय स्थान हात पारेको छ । त्यस्तै अक्स्फोड सेकेन्डरी स्कुल बुटवलले सान्त्वना स्थान हात पारेको छ । प्रतियागितामा द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमस १२ हजार, ८ हजार र तीन हजार नगद सहित कप तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगिताको हिट चरणबाट कालिका मानव ज्ञान मा.वि., डन चिल्ड्रेन इ.बो. स्कुल, अक्सफोर्ड मा.वि., प्यारामाउण्ट बोर्डिड्ड हाइ स्कुल, एभरेष्ट मा.वि. फाइनल चरणमा प्रवेश गरेका थिए । त्यस्तै गत बर्षको बिजेता शान्ति नमूना मा.वि. सिधै फाइनल चरणमा पुगेको थियो ।

बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा विभाग प्रमुख गंगाराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे समापन तथा पुरस्कार बितरण कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका जि.शि.का रूपन्देहीका निवर्तमान जि.शि.अ. टेक बहादुर थापा, न्यु होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय , अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो ।

न्यु होराइजन कलेजका सहायक क्याम्पस प्रमुख इन्द्र भुसालको स्वागत मन्तब्य रेहेको कार्यक्रममा बिद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्य, हाजिरिजवाफ प्रतियोगिताका संयोजक कृष्ण पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन बाबुराम गैरे र मिलन रानाले गर्नुभएको थियो ।

 
 
  
 

You may also like