काठमाडौं ।विश्वकै धनी मध्येमा पर्ने वारेन बफेटले पहिलो पटक स्मार्ट फोन किनेका छन् । एप्पलमा पनि कम्पनीमा समेत धेरै सेयर हालेका बफेटले मोबाइल भने पहिलो पटक किनेका हुन् ।
धेरै कम्पनीका शेयरहरुमा लगानी गरेका र स्टक बजारका बादशाह रहेका वारेन बफेट विश्वका चौथो धनि व्यक्तिका रुपमा गनिन्छन्।
यस्ता धनी बफेट हालसम्म पनि बेसिक फ्लिप फोनको प्रयोग गर्ने गर्दथे । वर्षैदेखि बेसिक फ्लिप फोन प्रयोग गर्दै आईरहेका बफेटले हालैमा भने नयाँ स्मार्टफोन किनेका छन् ।
उनले हालसम्म सामसङको फ्लिप फोनको प्रयोग गर्ने गर्दथे । बफेटले हालै एप्पलको आइफोन ११ किनेका हुन् ।
सीएनबीसीलाई दिएको एक इन्टरभ्युमा उनले यो कुराको पुष्टि गरेका हुन् । उनले सामसङको एससीएच–यू२३० फ्लिप फोन पुर्ण रुपमा बिग्रिएको तरपनि आफुले अरु मानिसहरुले जसरी आईफोन ११ को प्रयोग नगर्ने बताएका थिए ।
उनले आफुले आईफोनलाई पनि एक सामान्य फोनको रुपमा प्रयोग गर्ने जनाएका छन । अर्को शब्दमा भन्नुपर्दा उनले आईफोनलाई स्मार्टफोनको रुपमा नभई मात्रै फोनको रुपमा प्रयोग गर्ने गर्दछन ।
यद्पी बफेटले पहिले एप्पलको आईप्याड स्टक मुल्यका लागि प्रयोग गरिसकेको बताएका छन्। तरपनि उनि कुनैपनि स्मार्टफोन भन्दा फ्लिप फोन यूज गर्न मन पराउने गर्दथे ।
बफेटले पहिले प्रयोग गर्ने गरेको स्मार्टफोनको मुल्य मात्रै २० डलर रहेको थियो । तर उनले हाल प्रयोगमा ल्याएको आईफोन ११ को मुल्य भने ७ सय डलरको रहेको बुझिएको छ ।