लुम्बिनी ईञ्जिनियरिङ् कलजमा सोमबारदेखि दुई दिने ‘लेक एक्स्पो’ हुने

by समतल अनलाइन

बुटवल। रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी ईञ्जिनियरिङ् कलजमा सोमबारदेखि दुई दिने ‘लेक एक्स्पो’ हुने भएको छ । शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुले २००५२ सालमा स्थापना गरिएको लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा प्रत्येक २ वर्षमा एक्स्पो सञ्चालन गर्दै आएको छ ।
कलेजमा अध्ययनरत बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका दृष्टिले महत्वपूर्ण मानिएको एक्स्पोलाई बिद्यार्थीले के सिके र के जाने भन्ने जाँच्ने कडिका रुपमा समेत लिईएको कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन गरिने एक्स्पोमा सिभिल, कम्प्युटर र ईलेक्ट्रिकल ईञ्जिनियरिङ् विभागका बिद्यार्थीहरुले तयार गरेका ५० प्रोजेक्टहरु राखिने छ । जसमा सिभिलका २२, कम्प्युटरका ९ र ईलेक्ट्रिकलका १९ प्रोजेक्टहरु एक्स्पोमा समावेश गरिएको कलेजका प्राचार्य ईञ्जिनियर शिवराज बरालले बताउनु भयो ।
जसमा रोवोर्ट, ब्रिज (पुल), नदिमा कसरी पुल जोड्ने, हाईड्रो, घरभित्र भएका उपकरणहरुलाई बाहिरबाट कसरी कन्ट्रोल गर्ने जस्ता प्रविधिहरु रहेका उहाँले बताउनु भयो । यी सबै प्राजेक्ट सोही कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुले तयार गरेका हुन् । यो कार्यक्रमले बिद्यार्थीमा थप उत्प्रेरणा र हौसला बृद्धि हुने कलेजका डेपुटी डाईरेक्टर नारायण ढकालले बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन गरिने एक्स्पोमा उच्च शिक्षा अध्ययनरत बिद्यार्थीलाई बढी उपयोगी हुने र कम्तिमा ३ हजार बिद्यार्थीले अवलोकन गर्ने आकलन गरिएको कलेजका भाईस प्रिन्सीपल नारायण ढकालले बताउनु भयो । एक्स्पोको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको र एक्स्पोमा अवलोकन गरेर त्यसबाट फाईदा लिनका लागि कलेजले सबैलाई आह्वान गरेको छ ।

 
 
  
 

You may also like