बोल्ड बन्दै गएकी वर्षा (फोटो फिचर)

by समतल अनलाइन

नायिका वर्षा शिवाकोटी पछिल्लो समय ‘हट’ बन्दै गएकी छिन् । कुनै समय कुर्तामा सरल देखिने यी नायिका आजभोलि भने छोटो कपडामा रमाउन थालेकी छिन् ।

यतिबेला उनी ‘परदेशी २’ नामक फिल्मको छायांकनमा व्यस्त छिन् । यो फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् भने फिल्ममा प्रकाश सपूतको पनि शीर्ष भूमिका रहनेछ ।

यता वर्षाको शीर्ष भूमिका रहेको फिल्म ‘लक्का जवान’ को पनि चर्चा छ । फिल्मको गीत हालै रिलिज भएको थियो ।

खासै विवादमा आउन नचाहने वर्षा पछिल्लो समय भने बोल्ड अवतारमा देखिन थालेकी छिन् । सामाजिक सञ्जालमा उनका कैयौं फ्यान छन् ।

यतिबेला म्युजिक भिडियोमा भन्दा बढी फिल्ममै रमाएकी वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन् ।

 

 
 
  
 

You may also like