एक्स्पर्टले पारसलाई बुटवल ल्याएर क्रिकेट सिकाउने

by समतल अनलाइन

३१ साउन, बुटवल । यस क्षेत्रका क्रिकेट प्रेमी अर्थात क्रिकेट खेलमा भविश्य देख्नेहरूका खेलाडी/विद्यार्थीहरूका लागि खुसीको खबर छ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले रूपन्देहीमा आएर विद्यार्थी र खेलाडीहरूलाई प्रशिक्षण दिने भएका छन् ।

पारस खड्कालाई रूपन्देहीमा ल्याएर क्रिकेट सिकाउने व्यवस्था बुटवलस्थित एक्स्पर्ट एजुकेशन एण्डा भिर्जा सर्भिसेज प्रालिले गर्न लागेको हो । आउँदो भदौं ७ गते रूपन्देहीको कोटिहवास्थित शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीमा विद्यार्थी/खेलाडीलाई खड्काले प्रशिक्षण दिनेछन ।

एक्स्पर्ट एजुकेशन एण्डा भिर्जा सर्भिसेज प्रालि, बुटवलका निर्देशक रोशन कंडेलले यस क्षेत्रका क्रिकेट खेलाडीहरू कप्तानबाट धेरै कुरा सिकाउन खड्कालाई बुटवल ल्याउन लागेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए । उनले भने, ‘कप्तान खड्काको प्रशिक्षण विद्यार्थीहरूका लागि उपयोगी हुनेछ । उनीहरूलाई बलिङ/व्याटिङ कसरी गर्ने ? लागयतका कुराहरु सिकाउनेछन ।’

पछिल्लो समय नेपालमा क्रिकेट खेलप्रति धेरैको रुचि बढ्दो छ । यस क्षेत्रका खेलाडीले बलिङ र पारसले व्याटिङ गरी प्रयोगात्मक प्रशिक्षण पनि राखिएको कंडेलले बताए । एक्स्पर्टले विभिन्न सामाजिक र खेल क्षेत्रका विकासका लागि काम गर्दै आइरहेको छ । प्रशिक्षणमा जुनसुकै कलेजका विद्यार्थी र खेलाडीले भाग लिन सक्नेछन । प्रवेश निःशुल्क गरिएको छ ।

सो प्रशिक्षण कार्यक्रममा ५ सय खेलाडी विद्यार्थीहरु सहभागी हुने आयोजकको अपेक्षा छ । कार्यक्रम १ दिनको हुनेछ । एक्सपर्टले नेपालका विभिन्न शहरहरुमा यस्ता कार्यक्रमहरु राखेको छ । भदौ ६ गते चितवनमा पनि छ । त्यस्तै पोखरा, झापाको वितामोर्ड, नेपालगञ्ज र काठमाडौंमा पनि प्रशिक्षण दिइने छ ।

 
 
  
 

You may also like