कामना यत्ति छ रवि लामिछाने निर्दोष सावित हुन्- रवीन्द्र मिश्र

by समतल अनलाइन

काठमाडौं। साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्रले पत्रकार रवि लामिछाने निर्दोष सावित हुन भन्ने कामना गरेका छन् । मिश्रले सामाजिक सञजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गद्दै दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेमाथि लागेको आरोप गलत भएको सुन्न चाहेको बताएका छन् ।

उनले देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई एक सय रुपैयाँमा पढाएर एसइईमा राम्रो नतिजा ल्याउन सफल समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले एकै प्रकृतिका आरोप खेपिरहेको भन्दै जनताको पक्षमा काम गर्ने दुवै निर्दोष हुन भन्न चाहाना राखेको बताएका छन् ।

उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएको र छानविनमा सघाइरेहको भन्दै मिश्रले उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति मिलोस भनेका छन् ।

मिश्रले ‘रवि लामिछाने र कला सञ्जेल:’ शीर्षक दिएर फेसबुकमा राखेको स्टाटस यस्तो छ :

देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई रू १०० मा पढाएर एसइईमा राम्रो नतिजा लेराउने समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले लगभग एउटै प्रकृतिको आरोप खेपिरहेका छन्। उनीहरूसँगै अन्य चारजना पनि आरोपित छन्।

कानूनको परिपालना गर्ने क्रममा ५ महिनाकी गर्भवती कला सञ्जेल र अन्य दुईजना कयौँ दिन हिरासत र जेलमा विताउन वाध्य भए। त्यसैगरी लामिछाने र अन्य दुईजना हिरासतमा समय विताउन वाध्य भएका छन्।

उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएका छन्, छानविनमा सघाइरेहका छन्।

उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति। तात्कालिक कारण जेसुकै भए पनि चरम ‘डिप्रेशन’ पनि आत्महत्याको एउटा प्रमुख कारण हो। तसर्थ डिप्रेसनलाई अरूजस्तै एउटा विमारीका रूपमा लिन, त्यसका बारे चर्चा गर्न र डाक्टरको सल्लाहमा ‌औषधी उपचार गर्न प्रेरित गरौँ।

हाललाई ह्रिदयदेखिको कामना यत्ति छ कि रवि लामिछाने र अन्य दुईजना तथा कला सञ्जेल र अन्य दुईजना सबै निर्दोष सावित हुन्।

 
 
  
 

You may also like