यस्तो बन्यो रिक्सा चालकको कथा बोकेको बुद्धिद्वारा अभिनित ‘धुलो’ को ट्रेलर

by समतल अनलाइन

काठमाडौँ । रिक्सा चालकको कथा बोकेको कलाकार बुद्धि तामाङ अभिनित चलचित्र ‘धुलो’ ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३६ सेकेण्डको उक्त ट्रेलरमा काठमाण्डौमा मजदुरी गर्ने मानिसको वास्तविक जीवनशैली, सपना, संघर्षको बारेमा देखाईएको छ ।

प्रद्युम्न मिश्रणको डेब्यू निर्देशनमा बनेको यस चलचित्रमा बुद्धि सँगै बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डेको अलवा बालकलाकार सुदीप कार्की लगायत कलाकारको भूमिका रहेको छ । चलचित्रमा बिशेष भूमिकामा कलाकार नीर शाह, सुशिल पोखरेल तथा लक्ष्मी बर्देवा देखा परेका छन् ।

लक्ष्मी गौतम र नानीराम फुँयालको लगानी रहेकको यस चलचित्रलाई रविन आचार्यले छायांकन र अर्जुन जिसीले सम्पादन गरेका हुन् । चलचित्रको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको प्रदर्र्शन मिति भने फागुन १६ गते तोकिएको छ ।

 
 
  
 

You may also like