धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’को दोश्रो गीत सार्वजनिक

by समतल अनलाइन

काठमाडौँ । फागुन ९ गते अर्थात शिवरात्रीको दिन प्रदर्शन मिति तोकिएको चलचित्र फिल्म ‘सेन्टी भाइरस’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

पार्टी जिताइदे बोल रहेको ४ मिनेट २७ सेकेण्डको उक्त गीतमा कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई, एलिश राई, सञ्जु शाह लगायत कलाकार देखिएका छन् । गीतको भिडियोमा राजनीतिक पार्टीको प्रचार र दुई पार्टीको झै–झगडा समावेश गरिएको छ ।

सार्वजनिक उक्त गीतमा सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द र प्रमोद खरेल अनि विद्या मन्जु तिवारीको स्वर रहेको छ । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) र दयाहाङ राईको मुख्य भूमिका छ ।

चलचित्रमा राजनीतिको कथालाई उठान गरिएको छ भने श्रीमान् र श्रीमती फरक राजनीतिक पार्टीमा आवद्ध हुँदा हुने घर झगडा आईपर्ने समस्यामाहरुका बारेमा देखाउन खोजिएको छ । ‘सुविहानी फिल्मस्’को व्यानारमा धुर्मुस९सुन्तलीले निर्माण गरेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

 
 
  
 

You may also like