सीमा समस्या समाधानका लागि भारतले पठाएन जवाफ, अब भारतकै भर

by समतल अनलाइन

काठमाडौं। नेपाल–भारत सीमा समस्या समाधानको पहल यति बेला पर्ख र हेरको स्थितिमा पुगेको छ । लिम्पियाधुरासम्मको कालापानी, लिपुलेकसहितको भू–भाग नेपालको हो भन्ने दाबीसहितको पत्र नेपाल सरकारले भारतलाई पठाइसकेको छ । भारतले पनि समस्या उठेका स्थानमा वार्ता र संवादको माध्यमबाट समाधान गर्न स्वीकार गर्दै एक पटक जवाफ दिएको छ ।

वार्तामा बस्न तयार भारतकै कारण नयाँ वार्ताको मिति भने तय हुन सकेको छैन । भारतले कहिले अर्को जवाफ पठाउला र वार्ताको मिति तय होला भनेर नेपाल पर्ख र हेरको अवस्थामा छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने वार्ताका माध्यमबाट सीमा समस्या समाधान हुने विश्वास गर्नुपर्छ । ‘नेपाल भारतबीच निश्चय नै यसबीचमा सीमा समस्या बल्झिएको छ’, बुधबार उनले भने, ‘तर यो आज उत्पन्न समस्या हैन । हिजोको इतिहासले हामीलाई बोकाई दिएको एउटा विरासत हो ।’ गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like