मुक्तिनाथ धाममा सकियो महायज्ञ

by समतल अनलाइन

बुटवल। बुटवल १२ स्थित नयाँगाउँमा रहेको मुक्तिनाथधाममा १३ औं बार्षिक अनुष्ठान स्वरुप सवा करोड महारुद्र हवन महायज्ञ समापन गरिएको छ । माघ २२ बाट शुरु भएको महायज्ञमंगलबार समापन गरिएको हो ।

महायज्ञको समापनका क्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेबी आचार्यले बोल्दै मुक्तिनाथधामले धार्मिक पर्यटनको बिकासमा ठूलो भूमिका खेलेको बताउनुभयो ।

विश्व शान्तिको कामना गर्दै हरेक बर्ष महायज्ञ गरिदै आएको धामका प्रमुख संरक्षक स्वामि लोकानन्दले बताउनुभयो ।माघको १ गतेदेखि हवन शुरूभएपनि हुने र २२ गेतबाट प्रवचन शुरू भएको थियो सो महायज्ञमा भागवत मञ्जरी राधिका दासीले कथाबाचन गर्नुभएको थियो ।
धामले प्रत्येक बर्ष महायज्ञ गर्दै आएको धामका अध्यक्ष धर्मराज शर्माले बताउनुभयो।

 
 
  
 

You may also like