‘ लभ डायरिज ‘को टोलि बुटवलमा (भिडियो सहित )

by समतल अनलाइन

बुटवल। देश दौडाहामा रहेको चलचित्र ‘लभ डायरिज’ सोमबार आइपुगेको छ। सुशील श्रेष्ठको फिल्मी टर्निङ्ग पोइन्टको गतिलो खुड्किलो मानिएको फिल्म ‘लभ डायरिज’ को टिम सोमबार बुटवलमा आइपुगेको हो। ट्रेलर सार्वजनिक गरिसकीएको फिल्मलाई दर्शकको मायासंगै भेटका लागि मोफसल यात्रामा आएको कार्यकारी निर्माता मोति कार्कीले बताए।

सामाजिक प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, विछोड र रोमान्सलाई सन्देशमुलक रुपमा देखाइएको नायक शुशिल श्रेष्ठले बताएका छन । आफ्नो डेब्यु फिल्म रहेकोले पनि लभ डायरिजमा आफुले सक्दो कोशिस गरेको नायिका रुबिना थापाले बताएकी छिन। करिब १ करोड २५ लाख लगानी रहेको फिल्मका लगानीकर्ता विनोद सापकोटा हुन् । दर्शकहरुलाई उपहारस्वरूप प्रेम दिवसको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्ममा सुशील श्रेष्ठ र रुविना थापाको शीर्ष भूमिका रहेको फिल्ममा विश्वजीत रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

काठमान्डौ,पोखरा,चितवन,मनाङ्ग लगायतका देशका रमणिय ठाउमा छायांकन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

भिडियो सहित ;

 
 
  
 

You may also like