चलचित्र पत्रकार संघ रुपन्देहीको दोस्रो वार्षीक साधारण सभा तथा अधिवेशन सम्पन्न

by समतल अनलाइन

संघको अध्यक्षमा श्रेष्ठ
बुटवल । चलचित्र पत्रकार संघरुपन्देहीको दोस्रो वार्षीक साधारण सभा तथा अधिवेशन सम्पन्न छ। बिहिबार बुटवलमा भएको दोश्रो बार्षिक साधारण सभा तथा अधिवेशनमा सर्वसम्वत रुपमा पन : सुमन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा सञ्जय सौगात, सचिवमा मोहन न्यौपाने, सह–सचिवमा राजिब भुषाल र कोषाध्यक्षमा रमेश अर्याल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा रविन्द्र गुप्ता, दिनेश श्रेष्ठ, फुलु सुनार र कपिल अधिकारी चयन भएका छन् । कृष्ण खनाल र कृष्ण भण्डारी मनोनित सदस्यमा चयन भएका छन् । नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम जैसीको प्रमुख आथित्यता र नेपाल चलचित्र संघका केन्द्रीय सचिव बैकुण्ठ पराजुलीको विशिष्ठ अथित्यतामा भएको अधिवेशनमा प्रेस युनियनका रुपन्देही सभापति रेखा भुषाल, प्रेस सघंठनका जिल्ला सह–संयोजक कमल रायमाझी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यवाहक कोषाध्यक्ष मोहन न्यापानेले २०७४ जेष्ठदेखि २०७६ पौष मसान्तसम्मको आयव्ययको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र सचिब रमेश आर्याललेको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like