आईसीसी विश्वकप लिग–२ : आज अमेरिका र ओमान भिड्दै

by समतल अनलाइन

काठमाडौं ।,आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा बुधबारदेखि सुरु त्रिदेशीय श्रृङ्खला अन्तर्गत आज ओमान र अमेरिकावीच खेल हुँदैछ ।

यी दुई टिम पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । क्रिकेट मैदान कीर्तिपूरमा बिहान १० बजेपछि यी दुई देशको खेल हुनेछ ।

यसअघि आठ खेलबाट ६ जित हात पारेको अमेरिका आजको खेलमा थप जित हात पार्ने मनसाय बनाएको छ ।

बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

 
 
  
 

You may also like