बिबिसीको समाचार शाखाका निकालिए ४५० कर्मचारी

by समतल अनलाइन

काठमाडौं। बेलायती प्रसारण संस्था बिबिसीका ४५० जनाको रोजगारी गुमेको छ ।
खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बिबिसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ ।

बिबिसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो ।

‘बिबिसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ,’ बीबीसीका समाचार तथा समसामयिक मामिला प्रमुख फ्रान अनस्वार्थले भने । एजेन्सी

 
 
  
 

You may also like