डिसी भए कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजर

by समतल अनलाइन

काठमाडौँ । रेडियो कान्तिपुरको स्टेशन म्यानेजर बरिष्ठ संचारकर्मी दिनेश डिसी अब कान्तिपुर टेलिभिजन स्टेशन म्यानेजरमा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गते देखि लागु हुने गरि नयाँ स्टेशन म्यानेजरमा डिसीलाई नियुक्त गरेको हो । भुषण दाहाललाई स्टेप डाऊन गरेपछि डिसीको लागी स्थान खाली भएको हो ।

स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आवद्ध डिसी ‘आवाजको दुनियाको साथी’ नामले चर्चित छन् । कलाकार, लेखक, निर्माता, निर्देशक रहेका डिसी पछिल्लो समय रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत अढाई वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत छन् । उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहाकार समेत हुन् ।

कान्तिपुरलाई पहिलो स्थानमा कायमै राख्ने चुनौती बढेको भन्दै स्टेसन म्यानेजर डिसीले मानवीय संवेदना छुने खालका कार्यक्रमलाई पहिलो प्राथमिकता दिने बताए । रेडियोको दुनियाँमा कान्तिपुरलाई पहिलो स्थानमा अडाइराखेका डिसीले दर्शकको चाहना र प्रविधिको गुणस्तरमा सम्झौता नगर्ने डिसीको भनाई छ ।

 
 
  
 

You may also like