यस्तो बन्यो धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ ट्रेलर

by समतल अनलाइन

काठमाडौं । धुर्मस सुन्तलीको परिचय बनाएका सिताराम–कुञ्जना घिमिरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ ।

पारिवारिक र राजनीतिक बिषयवस्तुलाई समावेश गरेर तयार पारिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

चलचित्रको ट्रेलरमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतलाई कभर गरिएको छ ।

फागुन ९ गते रिलिज मिति तोकिएको चलचित्र श्रीमान् श्रीमतीको घर झगडा, फरक राजनीतिक पार्टीमा आवद्ध हुँदा आउने समस्यामा केन्द्रीत रहेको बताइएको छ ।

डिन्डु लामाको लगानीमा बनेको ‘सेन्टी भाइरस’मा फुर्पा होल्मो सह–निर्माता रहेका छन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको संगीत छ ।

‘सेन्टी भाइरस’को प्रर्दशनबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने निर्माण पक्षको भनाई छ ।

हेर्नुहोस ट्रेलर

 
 
  
 

You may also like