अमेरिकाले रोक्यो सन्दीपको भिसा

by समतल अनलाइन

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । आउँदै गरेको सीपीएल क्रिकेट २०१९ मा भाग लिन अमेरिका जान लागेका सन्दीपलाई साेमबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् सन्दीपले आफ्नो भिसाको अनुरोध अस्वीकृत भएको जानकारी दिएका छन् । उनले सन् २०१६ देखि विभिन्न मुलुकमा विभिन्न प्रतियोगिताको लागि गइरहेको अवस्थामा सीपीएल खेल्न अमेरिका जाने अनुरोध अस्वीकृत भएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

सन्दीपले आफूलाई भिसाअस्वीकृत भएसँगै सीपीएल र अन्य प्रतियोगितामा भाग लिन पनि गाह्रो हुने बताएका छन् । उनले आफूले विदेशी मुलुकमा नेपाली क्रिकेटरको प्रतिनिधित्व गर्न गइरहेको अवस्थामा भिसाअस्वीकृत भएको घटनालाई व्यक्त गर्ने कुनै शब्द नरहेको बताएका छन् ।

उनले गरेको ट्वीटमा प्रधानमन्त्री,परराष्ट्रमन्त्री, अमेरिकी दूतावासलगायत सम्बन्धित सबै पक्षलाई मेन्सन गरेर ध्यानाकर्षण पनि गराएका छन् ।

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

Sandeep Lamichhane

@IamSandeep25
Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

 

 
 
  
 

You may also like