सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको ७१ हजार पुग्यो

by समतल अनलाइन

काठमाडौं। लगातार बढिरहेको सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो ।

सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 
 
  
 

You may also like