कालिका आधारभुतमा नयाँ बसको औपचारिक उद्घाटन

by समतल अनलाइन

सैनामैना । सैनामैना २ उचडिहवा स्थित श्री कालिका आधारभुत विद्यालयमा नयाँ बस सेवाको औपचारिक उद्घाटन गरिएको छ । बसको राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले बुधबार एक कार्यक्रमका बिच रिबन काटेर उद्घाटन गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गदेैैं भट्टराईले साधारण शिक्षाको बाहुल्यता अधिकतम र प्राविधिक शिक्षाको बाहुल्यता न्युन भएको बताउनुभयो । उहाँले शिक्षामा परिवर्तन ल्याउन सरकार लागि परेको बताउँदै प्राविधिक शिक्षाको बाहुल्यता बढाउनु पर्नेमा जोड दिनुभयो । नेकपाका प्रमुख सचेतक समेत रहनुभएका भट्टराईल सामुदायिक विद्यालयको गुणस्तर कायम गर्न सैनामैनामा आधारभुत तहका विद्यालयहरु मध्ये कालिकाले बस सेवा संचालन गर्नु महत्वपुर्ण बिषय भएकोे उल्लेख गर्नुभयो ।

कालिका आधारभुतले रुपन्देहीमै उदाहर्णीय र गौरव हुने कार्य गरेको नगर प्रमुख कार्कीले बताउनुभयो । सामुदायिक विद्यालयको गुणस्तर बढाउन सबैे तहका वर्गले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै भर्ना गर्नुपर्नेमा जोेड दिनुभयोे । गाडीको उचित तरिकाले उपयोग गर्न विद्यालयलाई समेत कार्कीले आग्रह गर्नुभयो । विद्यालयको गुणस्तर बृद्धि गर्न वडाले विभिन्न योजनाहरु अगाडि बढाएकोे वडा नं २ का वडाध्यक्ष कामदेव भुसालको भनाई छ । प्रध्यानध्यापक प्रकाश चन्द्र न्यौपानेले आफ्नो बस संचालनमा ल्याउनु सबैका लागि गर्वको बिषय रहेको उल्लेख गर्दै अभिभावकहरुलाई कालिकामै बालबालिकालाई अध्यापन गराउन आग्रह गर्नुभयो. ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण कुंवरका अनुसार विद्याललाई कक्षा ८ सम्म पुर्याउने र प्राविधिक शिक्षा संचालन गर्ने विद्यालयको आगामी योजना छ । जसका लागि सम्पुर्ण विद्यार्थी, अभिभावक, स्थानिय सरकार लगायतको सहयोग आवश्यक पर्ने बताउनुभयोे । सैनामैना नगरपालिका,वडा लगायतको सहयोेगमा करिब २५ लाखकोे लागतमा बस संचालनमा आएको हो । कालिका आधारभुत विद्यालयमा हाल १ सय ३६ जना विद्यार्थी छन् । यस अघि विद्यालयले बस भाडामा लिएर स्कुल बस संचालन गरेकोे थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न नगरपालिकाले विभिन्न योजनाहरु समेत अगाडि बढाएको छ । कार्यक्रममा राजनितीक दलका प्रतिनिधी,स्थानिय,अभिभावक विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like