५ हजार घुस सहित सैनामैना वन कार्यालय प्रमुख पक्राउ

by समतल अनलाइन

बुटवल । रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनलाई बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 
 
  
 

You may also like