प्रहरीलाई गाली गरेको भिडियो भाइरल भएसँगै गायिका राउतले मागिन माफी

by समतल अनलाइन

गायिका आस्था राउतले प्रहरीलाई गाली गरेको भिडियो अहिले समाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । एयरपोर्टमा प्रहरीले आफूलाई तँ शब्द प्रयोग गरेको भन्दै उनले प्रहरीलाई जथाभावी गाली गरेकी थिइन् । उनले आफ्नो फेसबुक पेजमा लाईभ भिडियो सहित प्रहरीलाई गाली गरेकी थिइन् । उक्त भिडियो भाइरल भएसँगै आस्था विवादमा तानिएकी छिन् ।

प्रहरीले चेकजाँचको क्रममा ‘तँ’ शब्द प्रयोग गरेर आफ्नो अपमान गरेको भन्दै उनले भिडियोमा आक्रोस पोखेकी छिन् । उनले प्रयोग गरेका शब्द र बिचार तल्लो स्तरको छ ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले घटनाको विषयमा छानविन प्रक्रिया सुरु भइसकेको जानकारी दिए । त्यसको लागि छानबिन समिति गठन भइसकेको  पनी उनले बताए ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रिसको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’

 
 
  
 

You may also like