रूरू क्षेत्रमा माघे संक्रान्ति मेला सुृरू

by समतल अनलाइन

पाल्पा । नेपालका चारधाम मध्ये एक पाल्पा, स्याङ्गजा र गुल्मीको संगम रूरू क्षेत्रमा बुधबारदेखि माघेसंक्रान्ति मेला सुरू भएको छ । मेला भर्न दुई तीन दिन अघि देखि नै श्रद्धालु र व्यापारी त्यहाँ पुगीसकेका छन् । माघे संक्रान्तिको दिन भने बिहानैदेखि घुँईचो लागेको छ ।

कालीगण्डकीको तट रिडी रूरूमा बिहानैदेखि नुहाउनेको भिड लागेको छ । श्रद्धालु भक्तजनहरू लामो लाईन लागेर पाल्पाको तानसेन नगरपालिका १४, अर्गलीमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गरेका छन् ।

मेला गर्न देशका विभिन्न भाग तथा स्थानीय बासिन्दा आएका छन् । रूरू क्षेत्रको धार्मिक तथा सा“स्कृतिक महत्व भएकोले मेला भर्न देशका विभिन्न भागबाट आएका हुन् ।

 

 
 
  
 

You may also like