तेश्रो कञ्चन प्रतिभा सप्ताह माघ २ गते देखि शुरु हुदै

by समतल अनलाइन

कञ्चन। बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई बाहिर ल्याई उनिहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यका साथ कञ्चन गाउपालिकाको आयोजनामा गत तिन बर्ष देखि शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताह यस बर्ष माघ २ गते अर्थात भोली देखि संचालन हुने भएको छ।प्रतिभा सप्ताहको उद्धघाटन गर्न प्रदेश नं. ५का सामाजिक बिकास मन्त्री शुदर्सन बराल कञ्चनमा आउने भएका छन ।
गत ३ बर्ष देखि शुरु गरिएको प्रतिभा सप्ताहमा बिशेष गरी साहित्य र खेलकुद गरी दुई बिधामा ५८ इभेन्टमा सामुदायिक र संस्थागत बिधालयका बिधार्थीहरु बिच प्रतिस्पर्धा गराइनेछ । प्रतिभा सप्ताहले बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई उजार गरी बिधार्थीहरुमा आफु भित्र भएको प्रतिभा प्रति गौरव गर्ने र आफ्नो प्रतिभालाई अझ परिस्कृत गराउन मदत गर्ने बिश्वास गरिएको छ ।

प्रतिभा सप्ताह संचालनको लागि समपुर्ण तयारी पुरा भएको प्रतिभा सप्ताह संचालन समितिका संयोजक मेघनाथ शर्माले जानकारी दिनु भएको छ।संयोजक शर्माले बिगतमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा संचालन गर्दा भएका सकारात्मक पक्षहरुलाई ब्यबस्थित गर्दै बिगतमा हुने गरेका नकारात्मक पक्षलाई सुधार गरी यो बर्षको तेश्रो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई महत्वपुर्ण पर्वकै रुपमा संचालन हुने बताउनु भएको छ। यो प्रतिभा सप्ताह बिधार्थीहरुका लागि अवसर र बिधालयहरुका लागि आपसी सम्बन्ध र एक अर्कामा सिकाई आदान प्रदान गर्ने मञ्चको रुपमा प्रयोग हुने बताउदै संयोजक शर्माले खेलकुद र साहित्य तर्फको प्रतिस्पर्धालाई शैक्षिक महोतसव तथा पर्वलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि कञ्चनका शिक्षालयहरु संगै कञ्चनका सामाजिक अगुवा,बुद्धिजिबी,राजनैतिज्ञ,खेलकुद प्रेमी तथा बिभिन्न संघसंस्थाहरु लगायत एकसाथ जुट्न समेत प्रतिभा सप्ताह संचालन समितिका संयोजक मेघनाथ शर्माले आग्रह गर्नु भएको छ ।

कञ्चनको बिशेष पर्बको रुपमा मनाइने गाउपालिका अध्यक्ष क्षेत्रीको भनाई

हरेक बर्ष फरक फरक बिधालयहरुले फरक फरक दिनमा आफ्नो बिधालयको बार्षिक उत्सवको बेला आन्तरिक र बाह्यगरी बिभिन्न प्रतियोगिताहरु संचालन गर्दा बिधालयहरुको अध्यन अध्यापनमा बाधा पुग्दै आएको र हरेक बर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दा पनि बिधालयहरुको पढाइमा समस्या आएको र ती समस्याहरुलाई समाधान गर्न र बिधालय बिधालय बिचको मैत्रीपुर्ण सम्बन्धलाई बलियो बनाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न आउने केन्द्रको शसर्त बजेटमा गाउपालिकाले आर्थिक ब्यबस्थापन गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संगै गाउपालिकाले कञ्चन प्रतिभा सप्ताह संचालन गरेको कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भएको छ । प्रतिभा सप्ताहले बिधार्थीहरुमा आफ्नो प्रतिभा प्रस्फुटन गर्नमा प्रोत्साहन मिल्ने र यस प्रतिभालाई कञ्चनको बिशेष पर्वको रुपमा मनाइने समेत अध्यक्ष क्षेत्रीको भनाई छ ।

शिक्षाको राष्टिय« उद्धेश्यहरु अन्तर्गगत बिधार्थीहरुमा रहेको प्रतिभाहरुको पहिचान गरी ती प्रतिभाहरुको प्रस्फुटन गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बिभिन्न प्रतियोगिताहरुमा अब्बल प्रतिस्पर्धीको रुपमा तयार गर्नको लागि प्रतिभा सप्ताह कार्यक्रम गर्न लागिएको कञ्चन गाउपालिका शिक्षा शाखाका प्रमुख रमेश भुषालले बताउनु भएको छ ।पतिभा सप्ताहले बिधार्थीमा भएको आन्तरिक प्रतिभालाई कञ्चनका नेतृत्व तहले बुझ्न र देख्न पाउने सोही बमोजिम प्रोत्साहन गर्दै जाने बताउनु भएको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताहलाई सफलरुपमा संचालन गर्नको लागि हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माको संयोजकत्वमा ५ सदस्यिय मुल समिति गठन गरिएको छ भने मुल समितिमा कुमारी गहतराज,लेखनाथ पौडेल,जिवराज पौडेल सदस्य रहेका छन यसैगरी शिक्षा शाखाका नारायण पौडेल सदस्य सचिव रहेका छन ।

यस्तै मुल समितिको मातहतमा समन्वय गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताहलाइ ब्यबस्थित,भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि फिल्ड ब्यबस्थापन उपसमितिमा रबिन्द्र सुबेदी संयोजक,मञ्च ब्यबस्थापन उपसमितिमा लेखनाथ पौडेल संयोजक,स्वयम सेवक परिचालन उपसमितिमा टिकाराज गिरी संयोजक,अतिथि सत्कारमा रेश्मा जोसी संयोजक,पुरस्कार तथा सम्मान पत्र ब्यबस्थापनमा पिताम्बर भट्टराई संयोजक,संचार तथा प्रचारमा ईश्वरी घिमिरे संयोजक,सांस्कृतिकमा शिवकला खनाल संयोजक,¥याली ब्यबस्थापन तथा मार्च उपसमितिमा केशव प्रसाद सुबेदी संयोजक,साहित्य उपसमितिमा प्रकाश आचार्य संयोजक,खेलकुदमा भुवन कुमार गौतम संयोजक,प्राथमिक उपचारमा राम प्रसाद गौतम संयोजक र कार्यक्रम सचिवालय उपसमितिमा यमन भण्डारी संयोजक रहने १२ वटा उपसमिति समेत गठन गरिएको संचार तथा प्रचार उपसमितिका संयोजक तथा रोजगार संयोजक इश्वरी ज्ञवालीले जानकारी दिनु भएको छ।

प्रतियोगिता हिमालय सामुदायिक केन्द्रका् खेलमैदान कञ्चन–४,दियोमा हुनेछ भने प्रतिभ सप्ताहमा साहित्य तर्फ बत्तृmत्वकला,चित्रकला,हिज्जे,निबन्ध लेखन,हस्तलेखन,कबिता लेखन,हाजिरी जवाफ,बादबिबाद,हिसावदौड र नेपाली तथा अंग्रेजी बाचन गरी ११ वटा बिधामा आधारभूत र माध्यमिक गरी २० इभेन्टस र खेलकुद तर्फ १ सय,२ सय,४सय,८ सय, १५ सय र ३ हजार मिटर दौड,रिले दौड,लङजम्प,ट्रिपल जम्प,हाइजम्प,कबड्डी,भलिबल,ज्याभलिन थ्रो लगायत बिधामा आधारभूत र माध्यमिक तहका छात्र छात्र दुबै समूह गरी ४० भन्दा बढीमा प्रतिस्पर्धा हुनेछ ।तेश्रो कञ्चन प्रतिभा सप्ताहका लागि प्रतियोगितामा सहभागिता जनाउन कञ्चनमा रहेका सामुदायिक र संस्थागत गरी ३० बिधालय मध्ये २८ बिधालयहरुले बिधालयको नाम दर्ता गरिसकेको र बाकी २ बिधालय त्रिभुवन मेमोरियल ईंलि स बोडिर्ङ स्कुल र एभरग्रिन इंिलस बोर्डिङ स्कुलले पनि आज दर्ता गर्ने सम्बन्धित बिधालयका प्रधानाध्यापकहरुले जानकारी गराउनु भएको प्रचार संयोजक ईश्वरी ज्ञवालीले बताउनु भएको छ ।

 
 
  
 

You may also like