रुपन्देही उद्योग संघमा प्लाष्टिक वस्तुगत समिति गठन

by समतल अनलाइन

बुटवल । रुपन्देही उद्योग संघमा आवद्ध प्लाष्टिक उद्योगीहरुको भेलाले बिहीबार प्लाष्टिक वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले मन्सुन प्लाष्टिक एण्ड होजियारी उद्योगका लाल प्रसाद बस्यालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

गठित समितिको सहसंयोजकमा जे.बी.प्लाष्टिक उद्योगका झपट बहादुर पौडेल, सचिवमा सुपर प्लाष्टिक उद्योगका प्रकाश अधिकारी सदस्यहरुमा त्रिनेत्र प्लाष्टिक उद्योगका तेजनाथ तिमिल्सना, श्रीगणेश प्लाष्टिक उद्योगका मिन बहादुर कुँवर, कृष्ण प्लाष्टिक बिर्को उद्योगका बाबुराम थापा र पि.सी.प्लाष्टिक उद्योगका कोशलराज भण्डारी चयन हुनु भएको छ ।

भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, सचिव हिरामणी भट्टराई, कार्यसमिति सदस्य सुमन बस्याल, मोहनीलाल रिजाल बसन्त ढकाल, युवराज आचार्य, प्रज्वल थान्जु, पूर्व कोषाध्यक्ष शिव कुमार पाठक उद्योगी डण्डपाणी गैरे रहनु भएको छ ।

भेलाका अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाले सम्पूर्ण उपस्थित उद्योगीहरुलाई स्वागत गर्दै संघका वस्तुगत समिति गठनको महत्व र उद्देश्यमाथी प्रकाश पार्नुहुँदै भेलाबाट गठित समितिले सक्रिय रुपमा काम गर्न आग्रह गर्नु भएको थियो ।

भेलाका अतिथि तथा संघका वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेलले नव गठित समितिलाई शुभकामना दिनुहुँदै आ—आप्mना वस्तुगत समिति मार्फत समस्याहरु संघमा ल्याईपु¥याउने र समस्या समाधानका लागि संघले सम्बन्धित निकायहरुमा पहल गर्न सधैं तयार रहेको समेत बताउनु भयो । साथै संघका हरेक क्रियाकलापमा वस्तुगत समितिको सक्रिय रुपमा सहभागिता रहने आशा व्यक्त गर्दै नव गठित वस्तुगत समितिलाई क्रियाशिल रहन आग्रह गर्नुभयो ।

नव गठित प्लाष्टिक वस्तुगत समितिका संयोजक लाल प्रसाद बस्यालले प्लाष्टिक उद्योगीहरुका समस्याहरुलाई रुपन्देही उद्योग संघमार्पmत समाधान गर्न पहल गर्ने र संघले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
भेलामा संघका संघका सचिव माया खनाल, कार्यसमिति सदस्य प्रेम बहादुर आले, यमलाल भट्टराई एवं प्लाष्टिक सम्बन्धी उद्योगीहरुको सहभागिता रहेको थियो ।

भेलामा कार्यक्रम संचालन संघका सचिव हिरामणी भट्टराईले गर्नु भएको थियो । भेलामा कार्यसमिति सदस्य बसन्त ढकालले स्वागत मन्तव्य, विशाल बेलबासेले धन्यवाद र प्रज्वल थान्जुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 
 
  
 

You may also like