दलित समुदायको मुद्धा र समस्या उजागर गर्न आग्रह

by समतल अनलाइन

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला शाखा गठन भएको छ । विहिबार रुपन्देही शाखाको प्रथम भेलाले देवदह टेलिभिजनका समाचार प्रमुख टंक सुनारको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रेडियो जागरणका शशि परियार, सचिवमा रेडियो मलमलाका सुरेश परियार, कोषाध्यक्षमा दैनिक पत्र दैनिकका कृष्ण रणपाल र सहसचिवमा रेडियो जागरणका गोविन्द रसाईली चयन भएका छन् । यसैगरि सदस्यहरुमा सुरेन्द्र परियार, तिर्सना पन्थी, सिता दर्नाल, सुदीप पहाडी, प्रमोद नेपाली र भरत नेपाली रहेका छन् । यसैगरि सल्लाहाकारमा सञ्जय सौगात, राधेश्याम विश्वकर्मा, , विवेक विश्वकर्मा, सावि विक, फूलु सुनार, किसन बराल, अम्बिका परियार र अमरदीप बिसि रहेका छन् ।

नवनिर्वाचित जिल्ला समितिलाई प्रदेश ५ का सांसद दीपा विश्वकर्मा र राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अविर लगाएर बधाई दिए । मानव अधिकारकर्मी गोविन्द खनालको संयोजकत्वमा गठन भएको तीन सदस्यीय निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन भएको घोषणा गरेको हो । समितिको सदस्यहरुमा दलित अधिकारकर्मीहरु हरि बोमरेल र मनु खड्का रहेका थिए । नवनिर्वाचित अध्यक्ष सुनारले टिमलाई सँगै लिएर रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए ।

 
 
  
 

You may also like