शिक्षक लाइसेन्सको ७५ प्रतिशत कापी परिक्षण सकियो, नतिजा माघभित्र सार्वजनिक

by समतल अनलाइन

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको शिक्षक सेवा आयोगले जनाएको छ ।

माध्यमिक तहको ७५ प्रतिशत बढी उत्तरपुस्तिकको कापी परिक्षण सकिएको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । उनका अनुसार पुषभित्रै मावि तहको कपी परिक्षण सकिने र माघमा नतिजा प्रकाशित हुनेछ । आयोगले काठमाडौंमा २ र ललितपुरमा २ गरी ४ परिक्षण केन्द्रमा धमाधम कापी परिक्षण गरिरहेको छ ।

चारओटै परिक्षण केन्द्रमा हाल २ सय बढी परिक्षकले कापी परिक्षण गरिरहेका र जाडो विदाको समयमा आवश्यकताका आधारमा थप शिक्षकहरुबाट कापी परिक्षण गराइने आयोगको भनाई छ। हाल निम्न माध्यमिक र माध्यमिक तहको कापी परिक्षण भइरहेको र केही दिन भित्रै प्राथमिक तहको पनि कापी परिक्षण शुरु गरिने गौतमले बताए । प्राथमिक तहको कापीको कोडिङ गर्ने काम सकिएको भन्दै गौतमले निमावि र प्राथमिक तहका कापी परिक्षक एकै हुने भएकाले निमाविको सकिन साथ प्राथमिक तहको परिक्षण शुरु गरिने बताए ।

गएको असोजमा भएको शिक्षक लाइसेन्स परीक्षामा प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएका सथए ।

 
 
  
 

You may also like