यी ८ काम, जसबाट चाडै करोडपति बन्न सकिन्छ

by समतल अनलाइन

आरामको जीवन जिउनका लागि मानिसहरु दैनिक काम गर्छन् । तर भनेजति पैसा कमाउन (बचत गर्न) सक्दैनन् ।

यो आलेखमा यस्ता केही सजिला कामबारे उल्लेख गरिएको छ, जसमा तपाईले धेरै मेहनत नगरी करोडौं कमाउन सक्नुहुन्छ ।

ब्लग

घरमा आरामले बसेर तपाई ब्लगबाट करोडौ पैसा कमाउन सक्नुहुन्छ । यसको लागी तपाइमा रचनात्मक लेखन क्षमता हुनुपर्छ। प्रख्यात वेबसाइट बिजनेस इनसाइडरको अनुसार सन् २०१६ साल ब्लगबाट पैसा कमाउनको लागि सबैभन्दा राम्रो स्रोत बन्यो। वायरलनोवा ब्लगको सुरुवात गर्ने सकॉट डीलांगले ८ महिनाको अवधिमै करोडौं कमाएका थिए । सबै पेजमा आउने गुगल एडको कारणले उनको आम्दानी धेरै बढेको थियो ।

इंस्टाग्राम

सेलिब्रिटी सोशल प्लेटफार्ममा इंस्टाग्रामको प्रयोग धेरै हुन्छ । के तपाइलाई थाहा छ ? यो अकाउन्टबाट करोडपति पनि बन्न सकिन्छ । यस्ता धेरै उदाहरण छन्, इंस्टाग्राममा युवतीहरुले आफ्नो कामुक तस्बिर पोस्ट गरेर मोडलिङ ठेक्का हासिल गर्छन् । यहाँ कामुक तस्बिर पोस्ट गरेपछि धेरै पत्रपत्रिकाले पनि तपाइको तस्बिर मन पराउछन् र त्यो तस्बिर करोडौमा बिक्न सक्छ ।

यूट्यूब

आजकलको समयमा बिना कुनै शैक्षिक योग्यता छिटो पैसा कमाउने सजिलो माध्यम बनेको छ यूट्यूब । यसका लागि तपाईमा छिन भरमै भाइरल हुनेवाला भिडियो बनाउने क्षमता हुनु आवस्यक छ । वर्ष २०१५-०१६ मा पिउडीपाई (जो गेमिंग भिडियो बनाउछन्) यूट्यूबबाट सबै भन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।

प्रोफेशनल गेम्बलर

यो तपाईको करियका लागि उपयुक्त माध्यम हुन्छ भन्न सकिदैन । तर, समयमै पैसा कमाउनको लागि तपाई अनलाइन पोकर साइट्सको सहारा लिन सक्नुहुन्छ । तथापी यसमा भाग्य पनि धेरै महत्वपुर्ण हुन्छ । यदि तपाई जित्न सुरु गर्नुहुन्छ तब पैसा बनाउने मेसिन यहि हो ।

अनलाइन सेल्स

आजको समयमा प्रत्येक मानिस अनलाइन सपिंग गर्न चाहन्छन । यस्तोमा अनलाइन सेल्स एक राम्रो जब अप्सन बनेको छ । यो जबले छिट्टै नाफा नदिए पनि केहि समय पछि यसबाट खास पैसा कमाउन सक्नुहुन्छ ।

एप डिजाइनर

आजकल सबैसंग स्मार्टफोन हुन्छ । यदि तपाई कुनै मजाको एप बनाउनुहुन्छ, तब युवा त्यसलाई मन पराउँछन । यी एप्सबाट कतिपय मानिसको भाग्य बदलिसकेको छ । यसमा फेसबुकका मार्क जुकरबर्गको नाम पनि छ । कम समयमा पैसा कमाउने यो सही तरिका हो ।

किताब

यदि तपाइको दिमागमा कथा बनाउने ताकत छ भने त्यसलाई किताबमा उतारेर तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ । मात्र एक बेस्ट–सेलिंग बुक तपाइलाई करोडपति बनाउन सक्छ ।

आबिस्कार

यदि तपाईमा सृजनात्मक शक्ति छ भने नया चिज आविस्कार गर्न सक्नुहुन्छ । यहि आविस्कारले तपाइलाई करोडपति बनाउन सक्छ ।

 
 
  
 

You may also like