सन् २०१० पछिका ५ ट्रेन्डहरु

by समतल अनलाइन

सन् २०२० पछि नयाँ दशक त शुरु भएको छ तर यो दशक पछिल्लो दशकमा टेकेर बनेको कुराहरुमा आधारित छ, यस दशकमा विशेषत प्रविधी अनि सुूचनागत क्षेत्रमा धेरै परिर्तनहरु भए, आउनुहोस आज ति ५ नयाँ कुराहरुको चर्चा गरौं न ।

सेल्फि चलन

अनुहार देखिने गरि आँफैले फोनको क्यामरा प्रयोग गरेर फोटो खिच्ने चलन गत दशकको सर्वाधिक चलेको चलन हो जुन आगामी दशकमा पनि दोहोरिने छ । अझ मुख चुच्चो पारेर डक सेल्फी लिने चलन त झनै चर्चामा रह्यो ।

अनलाइन शपीगं

गएको दशकवाट अनलाइन शपीगंले विश्वमा नयाँ तरगं ल्याएको छ भनें नेपाली जनजीवन पनि अनलाइन शपीगंको चलनमा निकै सम्मेलीत छ । अनलाइनमा सामान हेरेर या खाना अनि अन्य कुराहरु अर्डर गर्ने चलन पछिल्लो दशकले ल्याएको चलन हो ।

गे कल्चर
पछिल्लो दशकमा विश्वभरि नै तेश्रोलिगींहरुको गे कल्चरमा निकै वृद्धि भएको छ । धेरै सेलीब्रेटीहरु अनि मानिएका व्यक्तित्वहरुले विश्वव्यापी रुपमा नै आफ्नो लैगिंक पहिचानलाई खुलस्त पारेका छन् भनें विश्वका हरेक शहर अनि बजारमा तेश्रोलिगिंका अधिकार र स्वतन्त्रताका आन्दोलनहरु चलिरहेका छन् ।

वेब सिरिजहरुको व्याप्कता
साना पर्दाका टेलीसिरियलहरु अब क्रमश परिवर्तन हुँदै वेब सिरिजहरुको क्रममा चलचित्र भन्दा ठूला भइसकेका छन् । नेट फ्लीक्स जस्ता कम्पनीहरु अनि अनलाइन टिभी लगायतका कम्पनीहरु विश्वभर पछिल्लो दशकमा छ्याप्पछ्याप्प छन् । भारत, अमेरिका, बेलायत लगायत विश्वभरिका ठूला चलचित्र बजारमा वेब सिरिजको निकै खपत बढेको छ ।

स्ट्याण्ड अप कमेडि

पछिल्लो दशकमा रसेल पिटरले भारतीयहरु र एसियन कल्चरलाई मजाक बनाँउदै विश्वबन्धुत्वको अप्रत्यक्ष प्रभाव र प्रसार गर्न यस्ता कमेडि शो हरु मा चर्चामा थिए । रसेलका अलावा रबिन विलीयम्स जस्ता खुंखार कलाकारहरु पनि यस्मा तल्लीन थिए र क्रमश भारतमा कमेडि सर्कसको शुरुवात संगै यस दशकमा स्ट्याण्ड अप कमेडिको कल्चर नेपालमा पनि निकै चलेको छ ।
अहिले नेपालमा पनि नेप ग्याज्म, कमेडि सर्कल लगायत ठूलो लगानीमा कमेडि च्याम्पीयन पनि निकै चलेको छ ।

सुयोग ढकाल

 
 
  
 

You may also like