बाँके, बर्दियाको मन जित्न भ्रमण वर्षको उदघाटन बर्दियाको ठाकुरद्वाराबाट : पर्यटनमन्त्री गिरी

by समतल अनलाइन

बुटवल । प्रदेश ५ सरकारका उद्योग, बन तथा पर्यटन मन्त्री लिला गिरिले बांके र बर्दियाका जनताको मन जित्न भ्रमण वर्षको उदघाटन बर्दियाको ठाकुरद्वाराबाट गर्न लागिएको बताएका छन ।

भ्रमण वर्ष २०२० को सन्दर्भमा प्रदेश पर्यटन मन्त्रालयले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गिरिले बांके र बर्दियामा कर्णाली प्रदेशमा गाभ्ने चर्चा चलेका बेला त्यहांका जनताको मन जित्न बर्दियाबाट भ्रमण वर्षको उदघाटन गर्न थालिएको स्पष्ट पारे । उनले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष तालिका अनुसार नै संचालनमा रहेको दाबी गर्दै कानुन नबन्दै भ्रमण वर्षको घोषणा गरिएकाले केहि कमी भएको हुन सक्ने स्विकार गरे ।

संघिय सरकारको भ्रमण वर्षको लागि प्रदेश सरकारले बजेट नछुट्याएको बताउंदै केनद्रबाट २५ लाख प्राप्त भएको मन्त्री गिरिले जानकारी दिए । भ्रमण वर्षको दिन सुरु हुंदा समेत अन्तराष्ट्रिय बिमान स्थलको काम नसकिएको प्रति आफु आश्चर्यमा परेको बताउंदै फेरी ३ महिना म्याद थप्न निबेदन परेको आफुले पत्रिका पढेर थाहा पाएको उनले बताए ।

संघिय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पौष १६ गते बर्दियाको ठाकुरद्धाराबाट प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्ने कार्यक्रम राखिएको छ । भ्रमण वर्षको उदघाटन नजिक आईरहेका बेला लुम्बिनी भ्रमण वर्ष सुरु भएपछि लुम्बिनीमा भ्रमण गर्न आउने पर्यटक घटेको तथ्यांक सार्वजनिक भएको छ । तर पत्रकार सम्मेलनमा मन्त्री गिरिले पर्यटक घटेको कुरा असत्य भएको बताएका थिए ।

प्रदेश सरकारले बर्दियाबाट भ्रमण वर्षको उदघाटन गर्ने बताए पनि बर्दियाबाट प्रदेशको राजधानी पुग्न कम्तीमा ३ वटा गाडी बदल्नुपर्ने अवस्था रहेको छ ।

 
 
  
 

You may also like