तिनाउ सहकारीको १९ औ साधारण सभा सम्पन्न

by समतल अनलाइन

बुटवल । श्री तिनाउ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बुटवलको १९ औ साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाको उदघाटन गर्दै प्रमुख अतिथी पूर्व अध्यक्ष्य टंक पोख्रेल छरिएर रहेको पुँजीलाई एकीकृत सहकारी बलियो र भरपर्दो माध्यम रहेको भन्दै संस्थाको आर्थिक सवलीकरणका लागि अन्य संस्थासँग एकीकरणमा जान सुझाव दिए ।

अहिले एक व्यक्ति धेरैवटा सहकारीमा रहँदा त्यसले वित्तीय अनुशासनमा असर गरेको भन्दै आफ्नै पुँजी एउटै सहकारीमा लगाउन र सहकारीको माध्यमबाट आधारभूत तहका नागरिकलाई आर्थिक समृद्धिसँग जोड्न आग्रह गरे । संस्थाका पुर्व अध्यक्ष भाष्कर नाथ पाण्डले विभिन्न चुनौती पार गर्र्दै संस्था अहिलेको अवस्थामा आइपुगेको भन्दै अव सहकारीले पुँजी वृद्धि गर्ने गरी योजनाका साथ अघि बढ्ने बताए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष शंकर भट्राईले संस्थाको शेयर पुँजी र सदस्य थप गर्दै लैजाने र प्रतिष्पर्धी वित्तीय बजारलाई विश्लेषण गरी समयानुकुल बचत र क्रृणको व्याजदर तथा कर्जा लगानीको सिमा परिमार्जन गर्दै लैजाने बताए ।

आर्थिक प्रतिवेदन प्रस्तुत संस्थाका कोषाध्यक्ष्य गोपाल पाण्डले गरेका थिए । सो अवसरमा सम्मान कार्यक्रम अन्र्तगत एस ई ई मा उत्कृष्ठ अंक ल्याउने एक जनालाई सम्मान त्यस्तै ७५ बर्ष पुरा गरेका ५ जना बृद्धाहरुलाई सम्मान तथा निवर्तमान अध्यक्ष्य भरतनाथ पाण्डेलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रम सस्थाका अध्यक्ष्य शंकर भट्राइको अध्यक्ष्यतामा रहेको थियो भने कार्यक्रमा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष्य खिमनाथ शर्माले गरेका थिए त्यस्तै कार्यक्रमको सञ्चालन संस्थाकि सचिव गिता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like