सम्मान तथा सामग्री हस्तान्तरण

by समतल अनलाइन

बुटवल। रुपन्देही नागरिक समाजले दुईजना शैक्षिक व्यक्तित्वलाई सम्मान तथा कृषि विकास वैक लिमिटेडले समाजलाई विविध सामांग्री हस्तातरण कार्यक्रम सम्पन्न भएको छ ।

यही पौष एघार गते समाजको जिल्ला कार्यालय भैरहवामा आयोजित एक कार्यक्रममा बौद्ध अध्ययनमा विद्यावारिधि गरेवापत समाजसेवी शैक्षिक व्यक्तित्व डा. ज्ञानदेव हटुवाल र लेखहरु मार्फत समाज सेवा र नागरिक समाजलाई समेत अतुलनीय सहयोग गरेवापत लेखक तथा युवा समाजसेवी दिपक रोकालाई सम्मान गरेको हो । उक्त कार्यक्रममा समाजका अध्यक्षले सम्मानीत दुवै जनालाई प्रमाणपत्र प्रदान गरी सम्मान गरे ।

जिल्ला उपाध्यक्ष श्रीराम गुप्ताले संचालन गरेको सो कार्यक्रमको सामाग्री वितरण सत्रको अध्यक्षता कृषि विकास बैक भैरहवा शाखाका प्रवन्धक नविन श्रीवास्तव तथा सम्मान सत्रको अध्यक्षता रुपन्देही नागरिक समाजका अध्यक्ष क्या..रेशम के.सीले गरे । त्यसैगरी कृषि विकास बैक पाँच नं. प्रदेशका निर्देशक चन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता, समाजका वरिष्ठ सल्लाहकार डा. ज्ञानदेव हटुवाल, सल्लाहकार टेक बहादुर थापा तथा दिपक रोकाको विशिष्ट आतिथ्यता, नागरिक समाजका जिल्ला कार्यसमिति, क्षेत्रिय समिति र नगर समितिका अध्यक्ष तथा पदाधिकारीहरुको आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा वहिरा संघ रुपन्देहीका पदाधिकारीहरुलाई समेत खादा ओढाएर सम्मान गरियो ।

सम्मानका साथमा सो कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले समाजलाई एक थान कम्प्यूटर, एक थान मेशिन (प्रिन्ट, स्क्यान, फोटोकपि गर्न मिल्ने) लगाएतका उपकरणहरु प्रदान गर्यो । बैकंका क्षेत्रीय निर्देशक चन्द्र बहादुर थापा, भैरहवा शाखा प्रवन्धक नविन श्रीवास्तब तथा प्रदेश कार्यालयका ऋण अधिकृत नवराज गौतमले सम्यूक्त रुपमा उक्त सामाग्रीहरु समाजका अध्यक्ष के.सी.लाई प्रदान गरे । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै अफिसियल सामाग्रि समाजलाई प्रदान गरेकोमा अध्यक्ष केसीले हार्दिक आभार, धन्यवाद व्यक्त गरे ।

अध्यक्षयले यस कार्यमा सहजिकरण गर्ने समाजका जिल्ला आर्थिक संयोजक शिव खत्रीलाई समेत धन्यवाद ज्ञापन गरे । बैकको ५ नं. प्रदेश कार्यालय प्रमुख चन्द्र बहादुर थापाले हालका दिनमा कृषी विकास वैक क वर्गको वाणिज्य बैक समेत रहेकोले यसका क्षेत्रहरु क्रमशः विस्तार हुदै जनता समक्ष आएको जानकारी दिनुभयो । सम्मानीत डा. हटुवालले सम्मान वापत नागरिक समाजलाई आभार तथा बैकले समेत सामांग्री प्रदान गरेकोमा बैकलाई आउने दिनमा हरतरहका सहयोग गर्न समाज लागि पर्नुपर्ने बताए । अर्का सम्मानित व्यक्तित्व रोकाले यो सम्मानले आँफूहरुलाई थप उर्जा मिलेको र आउने दिनमा अझ शसक्त रुपमा समाजलाई सहयोग, सल्लाह दिने बताए ।

 
 
  
 

You may also like