इपिक वि ब्रदर्श क्रिकेट कपको उपाधी मणिमुकुन्दलाई

by समतल अनलाइन

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित ईपिक वि ब्रदर्श कप टि २० क्रिकेट प्रतियोगिताको उपाधी मणिमुकुन्द कलेजले जितेको छ । मणिमुकुन्दले एम्स कलेज बुटवललाई ७ विकेटले पछाडी पार्दै उपाधी जितेको हो ।

उपाधीसंगै मणिमुकुन्दले नगद ८० हजार सहित, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एम्सले नगद ४० हजारमा चित्त बुझायो ।
प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा टस जितेर ब्याटिङ्ग रोजेको एम्स ८५ रनमा अल आउट हुन पुग्यो । जितका लागि ८६ रनको झिनो लक्ष्यका साथ ब्याटिङ्ग थालेका मणिमुकुन्दले ३ विकेटको क्ष्यतीमै लक्ष्य भेटेको थियो ।

प्रतियोगिता अवधिभर विपक्षिका ५ विकेट लिदै १ सय १८ रन बनाउन सफल न्यु होराइजनका अर्जुन गिरीले म्यान अफ टुनामेन्टको उपाधी जिते भने १ सय ५६ रन हान्न सफल मणिमुकुन्द कलेजका महेन्द्र सुवेदि क्षेत्रीले बेष्ट ब्याट्स् म्यानको उपाधी जिते ।

त्यस्तै डायनामिक कलेजका सनित श्रेष्ठ वेष्ट विकेट किपर र एम्सका यम क्षेत्री वेष्ट वलर बने । क्षेत्रीले प्रतियोगिता अवधिभर १० विकेट लिएका थिए ।
बिजेता टिमलाई पाठक इन्डष्ट्रिजका म्यानेजिङ डाइेक्टर बाबुराम पाठक, वी ब्रदर्श इभेन्टका अध्यक्ष शिशिर पाठक र नव जिवन क्लव १० नम्बरका साँस्कृतिक संयोजक छबि अधिकारिले पुरस्कार प्रदान गरेका थिए ।

रुपन्देही सहित अन्य बिभिन्न जिल्लाका १७ कलेजका टिमहरुको सहभागिता रहेको प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नव जिवन क्लबको खेल मैदान टिपिएल ग्राउण्ड मा संचालन भएको थियो ।

प्रतियोगितामा अच्युतराज ढुंगाना र कृष्ण भुर्तेलले एम्पायरिङ गरेका थिए भने अस्मिना पुलामि मगरले स्कोररको भुमिका खेलेकी थिइन ।

 
 
  
 

You may also like