विवादमा फस्यो ‘छपाक’, लाग्यो चोरीको आरोप

by समतल अनलाइन

दीपिका पादुकोण स्टारर मेघना गुलजारको फिल्म ‘छपाक’ रिलिजअघि नै विवादमा फसेको छ । यो फिल्ममा एक लेखकले कथा चोरी गरेको आरोप लगाएका छन् । आरोपसँगै यो फिल्म अब अदालतमा पुगेको छ ।

राकेश भारती नामका एक लेखकले अदालतमा याचिका दायर गरेका हुन् । उनको माग फिल्मको कहानीमा आफूलाई पनि क्रेडिट दिनुपर्ने रहेको छ ।

अदालत जानुअघि लेखकले निर्माता र कलाकारलाई समेत भेटेका थिए । उनी फक्स स्टार स्टुडियोमा पनि पुगेका थिए ।

राकेश भारतीका वकिलका अनुसार ‘छपाक’ का निर्माण गरिरहेको निर्माण कम्पनीलाई पछि मात्र थाहा भयो कि, उनको यो फिल्मसँग मिल्दोजुल्दो फिल्म मेघना गुलजारले बनाइरहेकी छिन् ।

उजुरीकर्ता भारतीले जबसम्म आफ्नो नाम फिल्मको क्रेडिट हुँदैन, तबसम्म यो फिल्म प्रदर्शन हुन नदिन अपिल गरेका छन् ।

 
 
  
 

You may also like