के गर्दैछन् प्रधानमन्त्री ओली रु यस्तो छ मिर्गौला पुनः प्रत्यारोपणको तयारी

by समतल अनलाइन

काठमाण्डौ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आराममा हुनुहुन्छ । १२ बर्ष अगाडि प्रत्यारोपण गरेको मिर्गौला फेरी परिवर्तन गर्नुपर्ने अवस्था छ । जतिसक्दो छिटो मिर्गौला फेर्ने योजना छ । त एपेन्डिसाइटिसको शल्यक्रियापछिको आराम अझै कति दिन गर्नुपर्ने हो थाहा छैन ।

पटक पटक अस्पतालको दौडधुपले प्रधानमन्त्री केपी ओलीको दैनिक कामकाज नै प्रभावित हुँदै आएको छ । ८ दिनसम्म चलेको नेकपाको स्थायी कमिटि बैठकमासमेत सहभाथि नभएपछि ओली पूर्ण आराम गरिरहेको बुझ्न कठिन छैन । यसअघि अस्वस्थ हुँदा पनि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागि भएर स्वस्थ भएको देखाउन चाहनुहुन्थ्यो ।

तर आरामको खाँचो छ भनेर चौतर्फी दबाब भइरहेका बेला एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपर्ने भयो । त्यसपछि भने ओली आराम गरिरहेका छन् । उता मिर्गौलाको समस्या जहाँको त्यहीँ छ । मिर्गौला दोस्रोपटक परिवर्तन गर्नुपर्ने अवस्था छ । जुन निकै जोखिम मानिन्छ । यसका लागि आन्तरिक तयारी तीब्र पारिएको छ ।

सार्वजनिक वा आधिकारिक रुपमा मिर्गौला फेर्नेबारे कुनै जानकारी नदिए पनि भित्रै भित्रै भने गृहकार्य र छलफल भइरहेको छ । कहिलेसम्म आराम गर्ने र मिर्गौला पुनः प्रत्यारोपणको समय कहिले हुन्छ भन्ने मात्रै अनिश्चित हो । यसअघि नै चिकित्सकहरुले नियमित डालासिस गर्नुभन्दा पुनः प्रत्यारोपण नै उचित हुन सल्लाह दिइसकेका छन् । यद्यपी औपचारिक निर्णय भने भइनसकेको प्रधानमन्त्रीकी निजी चिकित्सक डा। दिव्या सिंहले जानकारी दिइन् ।

यसअघि डा। सिंहको नेतृत्वमा ओलीको मिर्गौला प्रत्यारोपणबारे बुझ्न अमेरिका गएको भनिए पनि त्यसलाई उनले खण्डन गरेकी छिन् । म आफ्नै कामले अमेरिका गएको थिएँ । तर यहाँ त संचालमाध्यकमले ओलीको मिर्गौला फेर्ने तयारी गर्न गएको भनेर लेखेछन् । सिंहले भनिन् ।

प्रधानमन्त्रीको १२ बर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको थियो । प्रत्यारोपण गरेको मिर्गौलाका अहिले नियमित डायलासिस गरिएको छ । कार्यकारी अधिकारसम्पन्न प्रधानमन्त्रीको स्वास्थ्य ठीक नहुँदा सरकारको कामकाग प्रभावित हुनु स्वभाविक नै हो । त्यसैले जतिसक्दो स्वस्थ भएर सक्रिय रुपमा काममा फर्किन वातावरण बनाउनु महत्वपूर्ण देखिन्छ ।

पछिल्लो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरेर मंसिर १९ गते प्रधानमन्त्री ओली अस्पतालबाट बारिनुभएको थियो । त्यसअघि रगतमा ’एन्टिबडी’ को मात्रा बढेर समस्या भएपछि भदौमा सिंगापुर गएर ’प्लाज्माफेरेसिस’ गरिएको थियो ।

 
 
  
 

You may also like