औद्योगिक व्यापार मेला : ‘भ्वाईस अफ बुटवल’को फाईनलका लागि २० जना छनौट

by समतल अनलाइन

बुटवल। भ्वाईस अफ बुटवलका लागि छनौट चरण सकिएको छ । फाईनल प्रतिस्पर्धाकालागि छनौट चरणमा २० जनालाई छानिएको आधुनिक तथा बिबिध सांस्कृतिक कार्यक्रम व्यबस्थापन उपसमितिका संयोजक मनोज ध्वजुले जानकारी दिनु भयो । बुटवल उद्योग बाणिज्य संघको सञ्चालन हुन लागेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा सञ्चालन हुने भ्वाईस अफ बुटवलको छनौट चरणबाट रोशन गुरुङ्, विष्णु चापागाई, सिद्धार्थ गैरे, सरोज बस्याल, लिलबहादुर गरौजा, सौगात रिजाल, सुजन परियार, अमर गिरी, सुरेस परियार, अनिसा थापा क्षेत्री, राधिका भुसाललाई छनोट गरिएको छ ।

त्यस्तैगरी फाईनल प्रतिस्पर्धाकालागि अञ्जली थारु, अस्मिता बुढाथोकी, सर्मिला सेन्चुरी, वर्षा ज्ञवाली, सन्दिप मगर, नविन भट्टराई, गणेश हरिजन, नयन पुन मगर र अस्मिता मगर क्षेत्रीमा परेका हुन् ।
फाईनल राउण्ड १० गतेदेखि सुरु हुनेछ । फाईनल प्रतिस्पर्धामा टप २० बाट निर्णायकको निर्णयका आधारमा ४ जना बाहिरिने छन् । टप १६ बाट भने भोटिङ् राउण्ड सुरु हुनेछ । जसमा ५० प्रतिशत अंक निर्णायकले निर्णय गर्नेछन् भने ५० प्रतिशत अंक भोटिङ्का आधारमा प्राप्त गर्नेछन् ।
गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार ५५५, द्वितीय हुनेलाई ३५ हजार ५५५ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपैंया नगद सहित पुरस्कार प्रदान गरिने छ ।

 
 
  
 

You may also like