तिलोत्तमाको वडा नं. २ मा सघन सरसफाई

by समतल अनलाइन

तिलोत्तमा । तिलोत्तमा नगरपािलका र सिम नेपालको साझेदारीमा सञ्चालित शून्य पोलोथिन सरसफाई अभियानअन्र्तगत् शनिबार वडा नं. २ मा सघन सरसफाई गरिएको छ । सरसफाईमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष दधिराम गौतमलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालय, बैंक, सहकारीलगायतका संघ–संस्थाहरुको सहभागिता रहेको थियो ।
झण्डै दुई हजार वडाबासीको सहभागितामा छत्तीस नहर, योगीकुटी, जानकीनगर, शंकरनगर लगायत वडा नं. २ का टोल, सडक, सार्वजनिक स्थानमा सरसफाई गरिएको वडाध्यक्ष दधिराम गौतमले जानकारी दिनुभयो । शनिबारको सरसफाईबाट ५ ट्रेक्टर पोलोथिनजन्य फोहार संकलन गरिएको छ ।
कार्यक्रममा वडाध्यक्ष गौतमले सरसफाईमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै पोलोथिनजन्य फोहोर तोकिएको ठाउँमा मात्र बिसर्जन गर्न सबै वडाबासीलाई आग्रह गर्नुभयो । सबैको प्रयासले मात्र वडालाई सफा बनाउन सकिने बताउँदै उहाँले सडक, सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न सबैलाई सचेत गराउनुभयो ।

तिलोत्तमा नगरलाई शुन्य पोलिथिन क्षेत्र बनाउनका लागि ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नारा लिई अघि बढेको अभियान सिम नेपालको साझेदारीमा सञ्चालन भएको हो । तिलोत्तमालाई नमुना नगरपालिका बनाउँदै नगरबासीमा वातावरण सम्बन्धी सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको अभियान्ता एवं वातावरणविद् निपेश ढाकाले बताउनुभयो ।
तिलोत्तमाले गत साउनदेखि नैं पोलोथिन झोला निषेध गरिसकेको छ । तिलोत्तमाको यो घोषणालाई सफल कार्यान्वयनमा ल्याउन पोलिथिन शुन्य बनाउने लक्ष्यमा अघि बढेको सिम नेपालले आफ्नो अभियानको सुरुवात तिलोत्तमाबाट गरेको हो । ‘हामीहरुको उद्देश्य भनेको खेतबारी, कृषिभूमि, वनजंगल, खोलानाला, कुला, सार्वजनिक स्थान, सडकमा भएको पोलोथिनजन्य फोहोरलाई शुन्यतामा झार्ने हो ।’–अभियान्ता ढाकाको दाबी छ ।
ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमाको अभियानलाई साथ दिन ग्रीनरी नेपालका अभियन्ताहरु तिलोत्तमा आएको ढाकाले बताए । अहिले अभियान्ताहरु पोलोथिनलाई शुन्यतामा झार्ने प्रयासका साथ तिलोत्तमाका टोल–टोलमा पुगेका छन् ।

 
 
  
 

You may also like