नमस्ते एकेडेमीमा अभिभावक कार्यशाला सम्पन्न , ‘ क्याम्ब्रिज इङलिस एसेसमेन्ट’ लागु गरिने

by समतल अनलाइन

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ मा रहेको नमस्ते एकेडेमीमा क्याम्ब्रिज बिश्वविद्यालयको पाठ्यक्रममा आधारित स्तरिय अंग्रेजी भाषा अध्यापन गराइने भएको छ । स्तरिय अंग्रेजी भाषा अध्यापनका लागि क्याम्ब्रिज विश्वविद्यालय र नमस्ते एकेडेमीका विच एक आपसमा सम्झौता भइ युनिभर्सिटी अफ क्याम्ब्रिज इङलिस एसेसमेन्ट कार्यक्रमको शुभारम्भ भएको हो ।

काठमाण्डौ बाहिर पहिला पटक लागू भएको यस कार्यक्रमबाट नमस्ते एकेडेमीका बालबालिकाले विश्वव्यापी मान्यता प्राप्त अंग्रेजी भाषा सिक्ने र उच्च स्तरको प्रमाणपत्र प्राप्त गर्ने क्याम्ब्रिज विश्वविद्यालयका भाषा निर्देशक शिद्धार्थ पन्तले जानकारी दिनुभयो । विद्यालयका कार्यबहाक अध्यक्ष योगेश घिमिरेले नमस्ते एकेडेमीलाई अन्तराष्ट्रिय स्तरको बनाउन अरु योजनाहरु पनि ल्याउने बताउनुभयो ।

सो अवसरमा अभिभावक कार्यशालाको समेत आयोजना गरिएको थियो । कार्यक्रममा अंग्रेजी शिक्षण संस्था नेल्टाका उपाध्यक्ष एवं काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक डा. लक्षमण ज्ञवालीले सहजीकरण गर्दै अभिभावकले बालबालिकाको मनोविज्ञान, रुची र चाहाना बुझेर व्यवहार गर्न सकेमा उनीहरुको सर्वाङगीण विकास हुने बताउनुभयो ।

कार्यक्रममा नमस्ते एकेडेमीका सिनियर प्रिन्सीपल डा. स्यामुअल आर सम्पत, विद्यालयका सल्लाहकार डिल्लीनारायण पाण्डेय, शैक्षिक निर्देशक राजेन्द्र कुँवर, अभिभावक दीपक भटराई, दीपा भुसाल लगायतले बोल्दै नमस्ते एकेडेमी यस क्षेत्रको नमुना र उत्कृष्ठ शैक्षिक संस्थाको रुपमा विकास भइरहेको बताउनभयो ।

 
 
  
 

You may also like