नागरिक समाज बुटवलद्वारा मानव सेवा आश्रमलाई सहयोग

श्यामलाल पोखरेल
बुटवल । मानवीय सेवा तथा अधिकारको क्षेत्रमा काम गर्दै आएको रुपन्देही नागरिक समाज बुटवलले बुटवलस्थित मानव सेवा आश्रममलाई सहयोग गरेको छ । मानवीय सेवा अन्तरगत नागरिक समाजले आश्रममा आश्रय लिएका बेसहारा तथा घरवार बिहिनलाई खाना खुवाउनुका साथै आर्थिक सहयोग गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी आश्रममा रहेकाहरुलाई खाना खुवाउनुका साथै मानव सेवा आश्रमका लागि ६ हजार १ सय रुपन्देही नागरिक समाज बुटवलले सहयोग गरेको हो ।
बेसहारा तथा घरवार बिहिनहरुको बाच्न पाउने अधिकार सुरक्षित गर्ने उद्वेश्यले सहयोग गरिएको र भविश्यमा सहयोग गरिने रुपन्देही नागरिक समाज बुटवलका अध्यक्ष अरुणकुमार श्रेष्ठले बताउनु भयो ।
आत्म साक्षी राखी मन वचन र कर्मले राष्ट्रको सेवा गरौं भन्ने नारालाई सार्थकता दिने गरी मानव अधिकार तथा सेवामा लागिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै रुपन्देही नागरिक समाजका अध्यक्ष रेशम केसीले मानवीय सेवा नै धर्म भएकाले दिन दुखी र बेसहारा जीवन विताई रहेकाहरुलाई गरिने सहयोग नै वास्तविक धर्म भएको बताउनु भयो ।
उहांले सडकमा रहेका वालवालिकादेखि महिला, वृद्ववृद्वा र विभिन्न आश्रममा आश्रय लिएका मानिसहरुका सबै प्रकारका अधिकार सुनिश्चित गर्नका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताउनु भयो ।
लोकनाथ भुसालले घरबाट लखेटिएका, बेसहारा, मनोरोगीहरुलाई मानव सेवा आश्रमले आश्रय दिएर पालन पोषण गर्दै आएको बताउनु भयो ।
मानव सेवा आश्रममा अहिले ५० जनालाई राखिएको र दैनिकी चलाउन धौधौ भएकाले सबैलाई आफु सक्दो सहयोग गर्दिन आग्रह गर्नुभएको छ ।
नागरिक समाज बुटवल इकाई अध्यक्ष अरुणकुमार श्रेष्ठको अध्यक्षता, हेमबहादुर पछाई क्षेत्रीको सञ्चालन र लक्ष्मी श्रेष्ठको स्वागतमा कार्यक्रम भएको थियो ।
मानव सेवा आश्रम सञ्चालनका लागि अहिले बुटवल उपमहानगरपालिकाले मासिक ८० हजार सहयोग गर्दै आएको छ । दिन दुखीहरुका लागि मानवसेवा आश्रमको लागि नयां भवन बनाउने तयारी हुंदैछ ।आश्रमलाई व्यवस्थित गर्नका लागि बुटवल उपमहानगरपालिकाको विेशष सहयोगमा भवन बनाइने लोकनाथ भुसालल जानकारी गराउनु भयो ।

 
 
  
 

You may also like