पहिलो पाइला द्वारा आगन्तुक सदस्यलाई उत्प्रेरणा तालिम

बुटवल। पहिलो पाइला नेपाल बुटवल शाखाको पहिलो पाइला ट्रेन सम्पन्न भएको छ । पहिलो पाइला नेपाल केन्द्रीय समितिको आयोजना र पहिलो पाइला नेपाल बुटवल शाखाको सहकार्यमा आयोजित कार्यक्रममा नव आगन्तुक सदस्यहरुलाई उत्प्रेरणा तालिम प्रदान गरेको छ । कार्यक्रममा केन्दिय सचिव सुरज गिरी आभाषले नेतृत्व, सामाजिक कार्यमा युवाहरुको दायित्व, अवसर र चुनौतीका बिषयमा सहजीकरण गरेका थिए । साथै केन्दिय सचिव गिरीले संस्थाका आगामी योजना र सम्पन्न भएका कार्यक्रमका बारेमा जानकारी दिएका थिए । बुटवल शाखाका अध्यक्ष आयुष पौडेलले समूह कार्यको महत्वको बिषयमा सहजीकरण गरेका थिए । आगामी योजना सम्पादन गर्न समूह समेत गठन गरिएको छ । कार्यक्रम लक्ष्मी के. सीको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण केन्द्रीय सहसचिव बिनोद महतले गरेका थिए । कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष मनिसा साहनी क्षेत्री र कार्यसमिती सदस्य सारदा पौडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

 
 
  
 

You may also like