रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का युवाहरुले नयाँ क्लब गठन गरेका छन् । एक कार्यक्रमका बीच आज क्लब गठन गरिएको युवाहरुले बताएका छन् ।
सामाजिक काममा सक्रिय १६ देखि २४ बर्ष उमेर समुहका युवाहरुले अभिषेक पाण्डेको अध्यक्षतामा १५ सदस्यीय युवा क्लबको गठन गरेका हुन् । जसको सचिवमा गौरब आचार्य, कोषाध्यक्ष अनिता भण्डारी रहनुभएको छ । यस्तै सदस्यहरुमा यमलाल न्यौपाने, इशा थापा, सबिना गौतम, अभय नेपाली रहेका छन् । नवगठित क्लबको नाम वडा नम्बर ७ युवा क्लब राखिएको छ ।
क्लबले समाजमा रहेका बिकृति र बिसंगति हटाएर सधै सामाजिक क्षेत्रमा काम गर्ने उनीहरुको भनाई थियो । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like