त्रिभुवन विश्वविद्याल सुधारोन्मुख छ ः डिन भुषाल

by समतल अनलाइन

बुटवल । त्रिभुवन विश्व विद्यालय मानविकी तथा समाजिक शास्त्र संकायका डिन प्रा.डा शिवलाल भुषालले त्रिभुवन विश्वविद्याल अहिले सुधारोन्मुख रहेको बताएका छन् ।

बुटवल बहुमुखी क्याम्पसको ४७ औँ स्थापना दिबसको अबसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको सुक्रबार समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले विगतमा भएका कमि कमजोरीहरुबाट पाठ सिक्दै त्रिवि अगाडी बढेको बताए ।

उनले वुटवल क्याम्पसले जुनसुकै संकायको कार्यक्रम थप गर्न चाहेको खण्डमा आवश्यक सहयोग गर्न त्रिवि तयार रहेको बताए ।
कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रिय सभापति डा. बुद्ध बहादुर थापाले अहिले पनि प्राध्यापकहरुका विभिन्न समस्या रहेकाले प्राध्यापक संघको सभापति भएसँगै त्यसलाई व्यवस्थीत तरीकाले समाधान गर्न आफू लागि परेको बताए ।

उनले बुटवल बहुमुखि क्याम्पसले प्रदेश ५ को विश्वविद्यालयका लागि आवश्यक पर्ने पूर्वाधारको व्यवस्था गर्न नसक्ने बताउँदै विश्व विद्यालयको लागि आवश्यक पूर्वाधारको निमार्ण गर्न आग्रह गरे ।

क्याम्पस प्रमुख शखिशरण सुवेदीले आफू क्याम्पस प्रमुख भएदेखि नै क्याम्पसमा शैक्षिक एवं भौतिक सुधारमा लागि परेको बताउँदै क्याम्पसमा भएका कमी कमजोरी सुधार गर्दै अगाडी बढ्ने बताए । उनले ती काम गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
क्याम्पसमा अहिलेबाट स्नातक तहमा बिबिए कार्यक्रम थप भएको भन्दै आगामी दिनमा अन्य नयाँ कार्यक्रम सञ्चालन गर्ने जानकारी गराए ।

क्याम्पसको ४७ औँ स्थापना दिबसको अबसरमा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ वुटवल बुहुमुखी क्याम्पसका इकाई अध्यक्ष लक्ष्मण कार्की, राष्ट्रिय प्राध्यापक संघका क्याम्पस इकाई अध्यक्ष यज्ञमूर्ति पाण्डे, नेपाल प्रगतीशील प्राध्यापक संगठनका क्याम्पस अध्यक्ष तथा स्नाकोत्ततर कार्यक्रम संयोजक प्रा.डा.अरुण कुमार क्षेत्री, त्रि.वि कर्मचारी संघ क्याम्पसका अध्यक्ष फर्सुराम घिमिरे, पूर्व क्याम्पस प्रमुख शिब प्रसाद ज्ञवाली, व्यवस्थापन समिति सदस्य तथा पूर्व स्ववियु सभापति बाबुराम पन्थी, व्यवस्थापन समिति सदस्य मुक्तिराज पौडेल, नेपाल विद्यार्थी संघ क्याम्पस इकाई सभापति दिनेश पौडेल, नयाँ शक्ति विद्यार्थी युनियनका कार्यवाहक अध्यक्ष बसन्त आचार्य, अखिल छौँठोका अध्यक्ष सागर बेल्वासे लगायतले मन्तव्य राखेका थिए ।

क्याम्पसको ४७ औँ स्थापना दिवसको अबसरमा छात्र–छात्रा भलिबल प्रतियोगिता, म्याराथुन दौड , हाजिरजवाफ, गजल ,वक्तृत्वकला, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुबीच मैत्रिपूर्ण फुटबल, छात्रा कुर्ची दौड, रक्तदान र सरसफाई कार्यक्रम भएका थिए ।
क्याम्पसले स्थापना दिवसको अवसरमा आन्तरिक परीक्षामा संकायगत रुपमा प्रथम भएका विद्यार्थीहरुलाई समेत पुस्कार वितरण गरीएको थियो ।

 
 
  
 

You may also like