अर्घाखाँचीमा लडेर युवककाे ज्यान गयाे

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ३ मा लडेर एकजनाकाे ज्यान गएकाे छ । ठुलाखर्क निवासी अान्दाजी २० बर्षिय शिशिर भाटकाे ज्यान गएकाे वडा नं ४ का वडा अध्यक्ष बाबुराम सुनारले जानकारी दिएका छन् ।

बाटाेकाे नजिकै सडक निमार्ण हेरिरहेकाे बेला लडेर नालीमा ठाेक्किएका भाटकाे घटनास्थलमै ज्यान गएकाे बुझिएकाे छ । मृतक भाटका वुवा दामाेदर भाट स्थानिय प्रभाकर माविमा प्रधानाध्यापककाे रुपमा कार्यरत छन भने आमापनि स्थानिय विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत छिन ।

 
 
  
 

You may also like