पुस १० गते दुर्लभ सूर्यग्रहण लाग्दै

by समतल अनलाइन

काठमाडौँ । पुस १० गते बिहानै खण्डग्रास सूर्यग्रहण लाग्दैछ। नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू हुने सूर्य ग्रहण १० बजेर १ मिनेटमा सकिनेछ। यो ग्रहण दुई घन्टा ४९ मिनेट लामो रहने ज्योतिष दीपक सुवेदीले जानकारी दिनुभएको छ।

खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौँबाट ४८ प्रतिशत कालो सूर्य देखिने बताइएको छ। मौसम अनुकुल भए, बादल नलागे काठमाडौँबाट ४८ प्रतिशत कालो सूर्य देख्न सकिने विशेषज्ञ बताउछन्। तर खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ।

यसलाई पानी वा कुनै उपकरणको सहायताले हेर्न सकिने छ। यसबाट आनिकारण विकिरण निस्किने भएकाले सिधै हेर्दा आँखालाई असर पार्न सक्ने विज्ञको सुझाव छ।

यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ। भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ।

रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ।

यसै पनि ग्रहण संक्रमण कारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ ।

साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो। सुवेदीको भनाई छ।

ग्रहण लाग्दा के गर्न हुन्छ र के गर्न हुन्न भन्ने बारे समाजमा व्याप्त मान्यताको बारेमा पनि उनले वैज्ञानिक विश्लेषण दिएका छन् ।

 
 
  
 

You may also like