छोटो समयमा चर्चा बटुल्दै प्रेम न्यौपाने

by समतल अनलाइन

बुटवल । नेपाली साङगितिक क्षेत्रमा क्षेत्रमा नयाँ कलाकारको आगमन दिनहुँ बढीरहेको छ । कतिपय निरन्तर रुपमा लागेर आफ्नो भबिश्य बनाउन आउछन त कतिपय आफ्नो सिमित सपना पुरा गर्न । यो क्षेत्रमा हिजका दिनमा पनि थुप्रै आएका थिए र आज पनि थुप्रै आईरहेका छन । हिज आएका मध्य कतिपय यो क्षेत्रमै लागिरहेका छन त कतिपय पलायन भईसकेकाछन । पलायन हुनुको कारण उनिहरुले देखेको सपना पुरा नभएर अथवा यो क्षेत्रमा टिकिरहन नसकेर । थुप्रैले भनिरहेकाछन यो क्षेत्रमा टिकिरहन निकै गाह्रो छ । टिक्नका लागि निरन्तर मेहेनत र आफुमा खुबी हुनु आवश्यक छ । अहिलेको समयमा तेस्तै मेहेनत र आफ्नो खुबी यो क्षेत्रमा देखाउन नयाँ कलाकारको आगमन भईरहेको छ । जस मध्येका एक हुन प्रेम न्यौपाने ।
गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका वडा नं. २ अर्वेनीेमा जन्मेका प्रेम हाल नेपाली साङगितिक क्षेत्रमा आफ्नो भबिश्य खोज्दै अघी बढीरहेका छन । आफ्नो अध्ययनको निम्ती बुटवल छिरेका प्रेम पछील्लो समय गीत संगीततर्फ आफ्नो पाईलाहरु लम्काई रहेका छन । प्रेम अब यसैगरी निरन्तर रुपमा गीत संगीतमा लाग्ने तयारीमा जुटिरहेका छन । यो सङगित क्षेत्रलाई अगाडी बढाउने क्रममा देशका खेती प्रयाप्त कलाकारहरुसँग साझेदारी गर्दै महोत्सव, सांस्कृतीक कार्यक्रम तथा रोधिघरहरु तथा विभिन्न जिल्लाहरुमा आफ्नोे प्रस्तुती प्रस्तुत दिइरहेका छन । यसै गरि जुन ठाउँमा आफ्नो प्रस्तुति दिन्छन् त्यस ठाँउमा दर्शकको लोकप्रिय पारखी बनेका छन् ।
गीत संगीतमा लागेर आफ्नो भबिश्य बनाउने सपना देख्दै अघी बढेका प्रेम न्यौपानेलाई हाम्रोतर्फ बाट शुभकामना । यसैगरी निरन्तर रुपमा आफ्नो प्रतिभा प्रस्फुटन गर्दै अघी बढ्नको लागि हौसला मिलोस भन्न चाहन्छौ ।

 
 
  
 

You may also like