गुल्मीको गौडाकोटमा जिप दुर्घटना: एकको मृत्यु, ४ जना घाइते

गुल्मी श्रावण २४ । गुल्मीको गौडाकोटमा शुक्रबार साझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

गुल्मीदरबार गाउँपालिका गौडाकोटमा रिडीदेखि तम्घास आउँदै गरेको लु २ च ५४७५ नं को जिप दुर्घटना हुँदा चालक हरी प्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । जिप सडकदेखि करिब पाँच मिटर तल झरेको छ ।

दुर्घटनामा घाइते भएका दीपक बिक, शेरबहादुर बिक, भोजेन्द्र बिक र कृष्ण पाण्डेलाई उपचारका लागि पाल्पा पठाइएको छ।

 
 
  
 

You may also like